ट्रम्पविरुद्धको महाअभियोगको सुनुवाई ८ फेब्रुअरीबाट हुने

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सीनेटमा महाअभियोगको सुनुवाई ८ फेब्रुअरीबाट शुरु हुने भएको छ ।

सीनेटका बहुमत नेता चक शूमरले अमेरिकी समयानुसार शुक्रवार यो घोषणा गरेका हुन् ।

उनले महाअभियोग प्रक्रियाको रुपमा सोमवार हाउस अफ रिप्रजन्टेटिभ्ज द्वारा औपचारिक रुपमा महाअभियोग लेखेर बुझाउने बताए ।

ट्रम्पविरुद्ध ६ जनवरीमा क्यापिटल हिलमा भएको हिंसाका लागि आफ्ना समर्थकलाई भड्काएको आरोप छ ।

२६ जनवरीबाट यो प्रक्रिया शुरु गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?