कुटपिट गरी देउरानीको हत्या

लोकपथ
0
Shares

काठमाडौं । दाङमा कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-६ मोतिपुर बस्ने ४८ वर्षीया आईती बुढाथोकीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४ वर्षीया भगवती बुढाथोकीलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भगवतीले माघ २ गते बिहान कुटपिट गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आइतीको उपचारार्थ लखनउमा शुक्रवार राति मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने भगवती बुढाथोकीलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?