भक्तपुरमा ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । भक्तपुरमा ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-३ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० घर भएका ५१ वर्षीय भरत बोहोरालाई शनिवार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

भरतले ती महिलालाई माघ २ गते उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि रामेछाप मन्थलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?