सुदूरपश्चिम प्रदेशलाई १ सय ९६ रनको मध्यम लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश-२ ले सुदूरपश्चिम प्रदेशलाई १ सय ९६ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४२ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो ।

प्रदेश-२ का हरिशंकर साहले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विवेक यादवले ४१ रन जोड्दा महबुब आलमले २३ रन जोडे ।

राहुल प्रताप सिंह १२ रन आउट हुँदा कुमार थापा ११ रनमा नट आउट रहे । सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३-३ विकेट लिए ।

अरुण ऐरीको नाममा २ विकेट रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?