राजपत्रमा प्रकाशित सूचनाबारे संवैधानिक इजलासमा उठ्यो प्रश्न, किन रोके प्रधानन्यायाधीशले ?

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चमा परेका मुद्दामाथि आज (आइतवार) को बहस शुरु भएको छ ।

सर्वोच्चमा बिहीवार भएको बहसमा प्रतिनिधि विघटनबारे राजपत्रमा सूचना प्रकाशित नभएको भन्दै वकिलहरुले सूचना झिकाउन माग गरेका थिए ।

शुक्रवार महान्यायधिवक्ता अग्नी खरेलले राजपत्रमा प्रकाशित सूचना पेश गरेका थिए । तर मिति पुस ५ गते नै राखिएपनि माघ ९ गते अर्थात शुक्रवार मात्रै प्रकाशित गरिएको भन्दै आलोचना भएको थियो ।

यसैबीच आजको बहसका क्रममा अधिवक्ताले कुरा उठाउँदा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले रोकेका छन् ।

आज सर्वोच्चको संवैधानिक इजलासमा बहस शुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले त्यसबारे प्रश्न उठाएका थिए । यसैक्रममा प्रधानन्यायधीश जबराले अधिवक्ता श्रेष्ठको निवेदन राखेको बताउँदै उक्त विषयमा प्रवेश नगर्न भन्दै रोकेका थिए । अधिवक्ता श्रेष्ठले उक्त विषयमा कुरा राख्न २ मिनेट समय माग गरेका थिए । तर राजपत्रको कुरा राखिसकेपछि अर्को पक्षले पनि उक्त कुराको जवाफ दिनुपर्ने भन्दै रोकेका हुन् ।

‘तपाईंले कुरा राखेपछि अर्को पक्षलाई पनि जवाफ दिन दिनुपर्ने हुन्छ । त्यसैले अहिले नगरौं ।’ प्रधान्यायधीश जबराले भनेका थिए ।

त्यस्तै सूचनाका विषयमा सरकारका कानुनी सल्लाहाकार समेत रहेका महान्यायधिवक्ता खरेलले उक्त विषयमा छलफल गर्न आवश्यक नरहेको जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?