पहिलो हाफमा आर्मीलाई ३ गोलको अग्रता

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा ३ गोलको अग्रता बनाएको छ । आर्मीका लागि विमला चौधरी, दिपा राई र शर्मिला थापाले एक एक गोल गरिन् ।

खेलको ४ औं मिनेट आर्मीले अग्रता बनाएको थियो ।

त्यस्तै खेलको २७ औं मिनेटमा आर्मीले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनायो । त्यसपछि खेलको ४४ ओ मिनेटमा तेस्रो गोल गर्दै ३-० को अग्रता बनायो ।

राष्ट्रिय महिला लिग फुटबलमा आज (आइतवार) त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्दै छन् ।

वालिङविरुद्ध मैदान उत्रदा आर्मी पहिलो जितको खोजीमा रहेको छ भने वालिङ पनि पहिलो जितको निकाल्ने योजनामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?