सञ्चार उद्यमी पोखरेललाई मानार्थ विद्यावारिधि

RSS
0
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाको ग्लोबल पिस युनिभर्सिटीले सञ्चारउद्यमी शम्भु पोखरेललाई अन्तर्राष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

विकासोन्मुख देशको अन्तरदेशीय व्यापार घाटा कम गर्न भूमिका निर्वाह गरेवापत उनलाई सो उपाधि प्रदान गरिएको हो ।

वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष पोखरेललाई हिजो (शनिवार) भारतको चण्डिगढमा सो विद्यावारिधि उपाधि प्रदान गरिएको हो । पोखरेल सिइओ क्लब ग्लोबलका एशिया क्षेत्र हेर्ने सिइओका साथै बिजनेस टेलिभिजनलगायत संस्थाको व्यवस्थापनमा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?