धामी बस्न जान लाग्दा भिरबाट खसेर एक वडा सदस्यको मृत्यु

खोटाङ । खोटाङ साकेला-२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ ।

शनिवार साँझ आफ्नो घरबाट साकेला-२ मबुस्थित भाईको घरमा धामी बस्नका लागि जाँदै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट लडेर मृत्यु भएको हो ।

उनका आफन्तहरुले प्रहरीलाई दिएको जानकारी अनुसार उनी अन्दाजी ३ सय मिटर तल खस्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।

मृतक फुयल २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा तत्कालिन नेकपा माओबादीबाट निर्वाचित भएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घटनास्थलतर्फ गई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?