१९ वर्षीया युवती बनिन् उत्तराखण्डको मुख्यमन्त्री

काठमाडौं । भारतको उत्तराखण्डमा आज एक किशोरीलाई एक दिनको लागि मुख्यमन्त्री बनाइएको छ ।

हरिद्वार जिल्लाको दौलतपुर गाउँकी १९ वर्षीया सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको लागि मुख्यमन्त्री बनाएको हो । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाइएको छ ।

सृष्टि गोस्वामी उत्तराखण्डको प्रतिकात्मक भए पनि पहिलो महिला मुख्यमन्त्री भएकी छिन् । उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका अलग–अलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन् ।

सो अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्नेछन् भने त्यसमा एक दिनको मुख्यमन्त्री सृष्टिले सुझाव दिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?