बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

लोकपथ
0
Shares

काठमाडौं । मोरङमा बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

आफ्नै श्रीमती ३५ वर्षीया दिलमाया राईलाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका-२ सिरुझार बस्ने ५० वर्षीय डिक बहादुर राईलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा राईले दिलमायालाई बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको मंगलबारे अस्पताल हुँदै न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?