म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा

लोकपथ
0
Shares

काठमाडौं । जितसँगै प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

एफए कप अन्तर्गत शनिवार राति भएको चौंथो चरणमा चेल्टनहम टाउनमाथि ३-१ को जित हात पार्दै सिटीले अर्को चरणमा स्थान बनाएको हो ।

लिग टु क्लब चेल्टनहमविरुद्ध एक गोलले पछि परेपनि सिटीले पुनरागमन जित हात पारेको हो ।

खेलको ५९ औं मिनेटमा अल्फी मेले गोल गर्दै चेल्टनहमलाई अग्रता दिलाएका थिए । तर, ८१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ८४ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।

अब सिटीले पाँचौं चरणमा च्याम्पियनसिप क्लब स्वान्सी सिटीसँग भिड्ने छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?