महिला लिग : एपीएफ र विराटनगर भिड्दै, कसले मार्ला बाजी ?

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (आइतवार) एपीएफ र विराटनगर भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा एपीएफ र विराटनगर भिड्न लागेका हुन् ।

एपीएफ र विराटनगरबीचको खेल अपरान्ह २:३० बजे शुरु हुनेछ । एपीएफ लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

विराटनगर भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?