घरेलु मैदानमै एसी मिलान स्तब्ध !

लोकपथ
0
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलान घरेलु मैदानमै पराजित भएको छ । शनिवार राति भएको खेलमा मिलान एटलान्टासँग ३-० गोल अन्तरले पराजित भएको हो ।

खेलको २६ औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा जोसेफले गोल गर्दा एटलान्टा २-० ले अघि रह्यो । त्यसपछि खेलको ७७ औं मिनेटमा डुभान जापटाले गोल गर्दै एटलान्टालाई ३-० ले जित दिलाए ।

जितसँगै एटलान्टा लिगको चौंथो स्थानमा उक्लिएको छ । एटलान्टाले १९ खेलमा ३६ अंक जोडेको छ । मिलान ४३ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?