बेन्जिमाको गोलमा रियल मड्रिड विजयी

लोकपथ
0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आल्भेसलाई पराजित गरेको छ । शनिवार राति करिम बेन्जिमाको दुई गोलमा रियलले आल्भेसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दुरी चार अंकमा झारेको छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ । रियलको जितमा बेन्जिमाको दुई गोलसँगै ब्राजिली स्टार कासमिरो र इडेन हजार्डले एक एक गोल गरे ।

घरेलु टोली आल्भेसका जोसिलोले एक गोल फर्काएका थिए । रियल ४० अंक सहित दोस्रो र आल्भेस १८ अंक सहित रेलिगेशन जोन भन्दामाथि रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?