राष्ट्रिय बीमा संस्थान चावहिल शाखाद्वारा ३७ अभिकर्तालाई तालिम

काठमाडौं । राष्ट्रिय बीमा संस्थान चावहिल शाखाको आयोजनामा २ दिने अभिकर्ता तालिम शनिवार सम्पन्न भएको छ ।

संस्थानले अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तारका साथै आम नागरिकमा जीवन बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले माघ ९ देखि १० गते सम्म अभिकर्ता तालिम सञ्चालन गरेको हो ।

संस्थानका चावहिल शाखाका प्रमुख अनिस रौनियारको संयोजकत्वमा संचालित उक्त तालिम कार्यक्रममा शाखा प्रमुख स्वयम्, संस्थानका व्यवस्थापक भोलानाथ घिमिरे, प्रशिक्षकहरु सिए रेशमकृष्ण सोम पौडेल , चुडा राज अधिकारी, दीपा अधिकारी, शान्ता पोखरेल भट्टराई, शिशिरचन्द्र देवकोटा, शैलेन्द्रकोजु , विष्णुमाया गुरुङ, के पी अधिकारीले जीवन बीमाको सिद्धान्त, असल अभिकर्तामा हुनुपर्ने गुणहरु, जीवन बीमा फाराम भर्ने तरिका, बीमा शुल्क गणना, बीमा अण्डरराइटिंग, दाबी भुक्तानी आदि विषयमा प्रशिक्षण दिएको थियो ।

उक्त तालिममा ३७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको शाखा प्रमुख रौनियारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?