पीएम कप क्रिकेटमा बागमती र लुम्बिनी तथा प्रदेश २ र सुदूरपश्चिम भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’ का दुई खेल हुँदैछन् । समूह ‘बी’ अन्तर्गतका बागमती र लुम्बिनी तथा प्रदेश २ र सुदूरपश्चिमबीच बिहान ९ बजे प्रतिष्पर्धा हुन लागेको हो ।

बागमती र लुम्बिनी प्रदेशबीचको खेल मुलपानी क्रिकेट मैदानमा खेल हुनेछ भने प्रदेश २ र सुदूरपश्चिम कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल्नेछन् ।

पुलिस, सुदूरपश्चिम र प्रदेश २ लाई हराएको बागमती लुम्बिनीलाई हराएर सेमिफाइनलमा पुग्न चाहन्छ । बागमतीले ३ खेलबाट ६ अंक जोडेको छ । यस्तै लुम्बिनी पनि बागमतीलाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । ३ खेलबाट ४ अंक जोडेको लुम्बिनी दोस्रो स्थानमा छ ।

उता लगातार तीन खेल हार्दै समूह चरणबाट बाहिरिसकेको सुदूरपश्चिम अन्तिम खेललाई सुखद बनाउन चाहन्छ । प्रदेश २ ले पनि अहिलेसम्म खेलेका दुई वटै खेल हारेको छ । त्यसैले दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?