कांग्रेस र जसपाको साथ खोज्दै प्रचण्ड–नेपाल समूह

लोकपथ
0
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध दलहरुले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेर पुनः आन्दोलनको गृहकार्यमा जुटेको छ । संसद् विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि आन्दोलनमा होमिएका छन् ।

प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसले केन्द्रदेखि वडा तहसम्म पुगेर विरोध प्रदर्शनको कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
जसपाले पनि विरोधको कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रचण्ड–नेपाल समूहले संसद् विघटन भएसँगै कांग्रेस र जसपालाई साथ लिएर संयुक्त आन्दोलनको घोषणा गर्न चाहेको थियो ।

संयुक्त आन्दोलनका लागि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति देउवासँग भेटेरै संयुक्त आन्दोलनमा जान आग्रह गरेका थिए । तर सभापति देउवाले उक्त प्रस्ताव स्वीकार गरेनन् । छुट्टाछुट्टै आन्दोलन गर्नुभन्दा संयुक्त आन्दोलनबाट अगाडि बढ्नुपर्ने भन्दै प्रचण्ड–नेपाल समूह अहिले कांग्रेस र जसपाका नेताहरुसँगको आन्तरिक गृहकार्यमा जुटेको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?