यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । देशभर आज पनि पश्चिमी वायुको सामान्य प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहि बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश  १ को  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का  उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?