प्रचण्डको भाषणको भोलिपल्टै ५० जनाभन्दा बढी पूर्वलडाकु ओलीतिर

लोकपथ
0
Shares

प्रचण्डले इतिहासमा स्वर्णीम अक्षरले नाम लेखिएका भनिएका ५० जनाभन्दा बढी पूर्वलडाकु शनिबार प्रधानमन्त्री निवासमा भेटिए । तीमध्ये कतिपय २०६६ मा अयोग्य घोषित भएपछि र कति २०६९ मा सेना समायोजन भएपछि दृश्यमा थिएनन्। सशस्त्र द्वन्द्वका बेला घाइते भएर पनि राज्यको उचित हेरचाह नभएको भन्दै उनीहरु बेलाबेला आन्दोलित भएका थिए ।

उनीहरुमध्ये ५० जनाभन्दा बढी पूर्वलडाकु नेकपाको ओली समूहमा समाहित भएको खबर कान्तिपुरमा छापिएको छ । ओलीले घाइते र अपांगता भएकालाई निःशहुल्क उपचार गर्ने, सहित परिवारलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्। शुक्रबार मात्रै प्रचण्डले आफूले जनमुक्ति सेना नहेर्ने र ओलीले हेर्ने रे भन्दै कटाक्ष गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?