ओलीको बोली: ‘बैगुनी केटो’देखि ‘तमासा देखाउने बाजे’सम्म

लोकपथ
0
Shares

काठमाडौं – ‘प्रधानमन्त्रीको अभिमानः सबैलाई अपमान’ शीर्षकमा समाचार आजको नयाँ पत्रिकाले छापेको छ । समाचारमा भनिएको छ– पूर्वप्रधानन्यायाधीशलाई अजासु, अधिवक्तालाई दुर्मुखा, वरिष्ठ अधिवक्तालाई तमासा देखाउने बाजे, बुद्धीजीवीलाई झुण्ड, मन्त्रिपरिषद्का पूर्वसहकर्मीलाई बैगुनी केटो, पार्टीका नेताहरुलाई हुल्लडबाज भन्ने प्रधानमन्त्रीले पत्रकारलाई तर्क जान्छ’ भनेका छन् ।

पत्रकारलाई सम्मान र संस्कारको पाठ पढाउने प्रधानमन्त्रीले आफूसँग असहमतको विषयमा टिप्पणी गर्दा मर्यादाको सीमा नाघ्दै आएको टिप्पणी पत्रिकाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?