केपी ओली चरम सङ्कटमाः विप्लव

लोकपथ
0
Shares

काठमाडौं  – प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली चरम संकटमा पर्दै गइरहेको बताएका छन् । उनले नेपाली जनताको आवश्यकता पूरा गर्न ओली पूर्ण रूपले असफल भएको पनि दावी गरेका छन् ।

‘वर्तमान केपी वली सरकार यतिबेला आफैँले संसद् विघटन गरेपछि स्वयम् चरम सङ्कटमा पर्दै गइरहेको छ । राष्ट्र र जनताका तमाम समस्याहरू समाधान गर्नतर्फ केन्द्रित नरही वर्तमान सरकार फासिवादी शैलीले हाम्रो पार्टी, क्रान्ति र जनताविरुद्ध निरन्तर दमनमा तल्लीन रहेको छ’, विप्लवले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सरकारी दमनले आफूहरुको क्रान्ति नरोकिने भन्दै बरु अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्ने बताएका छन् ।
गत पुस २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड धर्मेन्द्र बास्तोला लगायतलाई पक्राउ गरिएको विरोधमा विप्लव समूहले विरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?