भारतमा एक करोड तीन लाख ८३८ कोभिड -१९ सङ्क्रमित विरामी निको

लोकपथ
0
Shares

काठमाडौं – भारतमा कोभिड–१९ सङ्क्रमणपछि निको हुने विरामीको दर ९६.८२ प्रतिशत रहेको संघीय स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ ।

अहिलेसम्म भारतमा कूल एक करोड तीन लाख ८३८ कोभिड–१९ सङ्क्रमित विरामी निको भई घर फर्किएका छन् भने एक लाख ८५ हजार ६६२ विरामी स्वास्थ्यकर्मीको निगरानीमा रहेका मन्त्रालयले उल्लेख गरेको छ ।

कोभिड–१९ सङ्क्रमितहरू निको भई घर फर्किने क्रम निरन्तर बढिरहेकोले देशमा सक्रिय सङ्क्रमितका सङ्ख्यामा पनि कमी आएको छ ।भारतभर विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १४२५६ रहेको छ । यो अवधिमा निको भई घर फर्किने विरामीको सङ्ख्या १७ हजार १३० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?