पुलमै बम राखिएपछि तीन घण्टा सडक अवरुद्ध

लोकपथ
0
Shares

पूर्वपश्चिम राजमार्गस्थित सिरहाको मिर्चैया नगरपालिक–५ जिवाखोलाको पुलमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । सिरहाको चोहर्वास्थित नेपाली सेनाको श्री शेर गणबाट खटिएको प्राविधिक टोलीले उक्त बम निष्क्रिय पारेको हो । राजमार्ग क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले पुलको उत्तरपश्चिम कुनामा शङ्कास्पद अवस्थामा बम फेला पारेको थियो ।

पुलमै बम भएकाले करिब तीन घण्टा सडक अवरुद्ध भएको थियो । बम कसले के प्रायोजनाका लागि राखिएको भन्ने अझै खुल्न नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?