मालवाहक मिनीट्रकमा आगजनी

लोकपथ
0
Shares
फाइल फोटो

महाकाली राजमार्गमाअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा आज एक मिनीट्रकमा आगजनी भएको छ । गोकुलेश्वरबाट दार्चुलाको सदरमुकाम खलङ्गातर्फ गइरहेको सुपप्र ००१ क १५४८ नंको मालवाहक मिनीट्रकमा आगजनी गरिएको हो ।

आज दिउँसो गोकुलेश्वरमा रहेको प्रहरीको चेक प्वाइन्टमा इन्ट्री नै नगराएर गएको उक्त मिनीट्रकमा आगजनी भएको हो । नजिकै रहेको पेट्रोलपम्पमा तेल हाल्छु भनेर इन्ट्री नै नगराएर गएको उक्त मिनीट्रक आगजनी भएको खबर आएको दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?