पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूलाई बालुवाटार बोलाएर ओलीले दिए यस्तो आश्वासन

लोकपथ
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने बताएका छन् । पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले विगतमा जस्तो उनीहरुलाई धोका नदिइने स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उनीहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?