कांग्रेस दोधारमा बस्न हुन्न : कोइराला

लोकपथ
0
Shares

कैलाली । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कुनै पनि हालतमा नेपालको संविधानको रक्षा गर्नुपर्ने बताएका छन् ।
कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले चुनावमा जाने अथवा आन्दोलन गर्ने भन्ने दोधारमा कांग्रेस बस्न नहुने धारणा व्यक्त गरे । “तेरो र मेरो नभनिकन सबै एक जुट भएर उभिनुप¥यो” महामन्त्री कोइरालाले भने, “आउँदो निर्वाचनमा नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन ।” उनले कांग्रेसको भविष्य उज्ज्वल रहेको तर यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?