वरुण धवन प्रेमिकासँग विवाह बन्धनमा बाँधिदैः दुलहीले लाउनेछिन् आफैले डिजाइन गरेको लेहेंगा

बलिउड अभिनेता वरुण धवन र उनकी प्रेमिका नताशा दलालको विवाह नजिकिँदै छ । यही जनवरी २४ मा दुवैजना विवाह बन्धनमा बाँधिन गइरहेका छन् ।

यही वेला नताशाले आफ्नो विवाहमा लगाउन लागेको सारी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नताशा आफै पनि एक फेसन डिजाइनर भएकाले विवाहमा आफूले लगाउने पहिरन उनले आफै डिजाइन गर्लिन् भनेर धेरैले अनुमान लगाएका थिए । नभन्दै सामाजिक सञ्जालमा भाइरल भएको उनको लेहंगाको तस्वीरमा उनकै नामको लेबल देख्न सकिन्छ ।

अलिबागको एक्स्क्लूसिभ रेसोर्ट ‘द मेन्शन हाउस’मा उनीहरुको विवाह हुन लागेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?