बहुविवाह मुद्दा परेर फरार वडासदस्य १२ वर्षपछि प्रहरी फन्दामा

काठमाडौं । बहुविवाह मुद्दामा फरार रहेका वडासदस्यलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका १२ की वडासदस्य उसिला सिंह पोडे र रामशरण पोडेलाई काठमाडौंस्थित टेकुबाट पक्राउ गरिएको हो ।

जिल्ला अदालत काठमाडौँको आदेश अनुरुप उनीहरुलाई अहिले सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको छ ।

बहुविवाह मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीहरुलाई २०६५ साल असारमा सजायको फैसला गरिसकेको थियो ।

उसिलालाई १ वर्षको कैद ५ सय जरिवाना र रामशरणलाई ११ महिना कैद र ५ हजार जरिवाना गरी अदालतले जरिवाना र कैद सजाय तोकेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?