चिकित्सा शिक्षा आयोगको बैठकमा प्रधानमन्त्री ओलीको आग्रह, ‘बैठक भत्ता नलिऔं’

काठमाडौं । प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले आयोगको बैठक भत्ता नलिन आग्रह गरेका छन् ।

बैठकमा सम्बोधन गरेर बाहिरिने क्रममा भत्ताको विषय उठान भएपछि प्रम ओलीले सबैको महत्वपूर्ण विषयमा कुनैपनि किसिमको भत्ता लिन नहुने बताएका थिए ।

यस्तो बैठकको भत्ता कसैले नलिऔ– आयोगका अध्यक्ष समेत रहेका प्रम ओलीले सबैलाई भने ।

अध्यक्षको भनाइलाई सबैले सहमति जनाएपछि पाँचौ बैठकमा कसैलाईपनि भत्ता उपलब्ध गराइएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?