२०७७, १० माघ शनिवार १५:१९

सिपाहीको कथा बोल्ने चलचित्र मनपर्छ भने हेर्नैपर्छ यी ‘हिट’ हिन्दी सिनेमा


प्रकाशित मिति : २०७७, १० माघ शनिवार १५:१९

बलिउडमा त्यस्ता धेरै फिल्म छन् जसले सिपाहीको कथा बोल्छ । यस्ता फिल्ममा वर्दी लगाएर देखिएका अभिनेताहरुले दर्शकको ताली खुुबै पाएका छन् ।

शाहरुख खानले आफ्नो करियरको शुरुवात नै टिभी सिरियल ‘फौजी’ बाट गरेका थिए । यसमा उनी सेनाका जवानको भूमिकामा थिए । यसबाहेक वीर जारामा शाहरुख एयरफोर्स पाइलटको भूमिकामा देखिएका छन् । जब तक है जानमा पनि उनी सेनाका जवानको भूमिकामा छन् ।

फिल्म उरी– द सर्जिकल स्ट्राइकमा विक्की कौशल मुख्य भूमिका थिए । सन् २०१९ मा रिलिज भएको यो फिल्म निकै हिट भयो ।

२०१८ मा रिलिज भएको फिल्म ‘अय्यारी’ मा मनोज बाजपेयी, सिद्धार्थ मल्होत्रा, रकुुल प्रित सिंह, नसिरुद्दिन शाह र अनुुपम खेर मुख्य भूमिकामा थिए । यसमा मनोज बाजपेयी र सिद्धार्थ मल्होत्रा वर्दी लगाएको अवस्थामा देखिएका थिए ।

एक्सन थ्रिलर फिल्म ‘होलिडे’ मा अक्षयकुमारले आर्मी जवान क्याप्टेन विराट बख्सीको भूमिका निभाएका थिए । फिल्ममा अक्षयसँगै सोनाक्षी सिन्हा पनि थिइन् । यो फिल्मले पनि बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।

फिल्म ‘लक्ष्य’ मा ऋतिक रोशन पनि सैनिक अफिसरका रुपमा देखिएका थिए । उनको अभिनयको ठूलै प्रशंसा भयो । यस फिल्ममा ऋतिकको अपोजिटमा प्रिति जिन्टा थिइन् ।

त्यस्तै यी वाहेक मद्रास क्याफे, बोर्डर, पल्टन, ट्यांगो चार्ली, जमिन आदिजस्ता सिनेमाले पनि सेनाको कथा सुन्दर ढंगले चित्रित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस