२०७७, १० माघ शनिवार १४:४०

खेल मैदान प्रवेश गर्दा किन बालबालिका साथमै लिएर जान्छन् खेलाडीहरु ?


प्रकाशित मिति : २०७७, १० माघ शनिवार १४:४०

काठमाडौं । फुटबल खेल शुरु हुनु अघि खेलाडीहरु मैदान प्रवेश गर्दा साथमा बालबालिका पनि साथमै लिएर पस्ने गर्छन् ।

ती बच्चाहरुलाई ‘प्लेयर एस्कोर्ट’ भनिन्छ । ६ देखि १८ वर्षका बालबालिकालाई प्लेयर एस्कोर्ट चयन गरिने गरिएको छ ।

क्लबदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा बच्चालाई खेलाडीसँगै मैदान प्रवेश गराउने फुटबल संस्कार भइसकेको छ । सन् १९९० को दशकदेखि यो संस्कार शुरुवात भएको हो ।

फुटबल खेलमा खेलाडीले बच्चाहरु आफूसँगै मैदान लानुको अर्थपूर्ण कारणहरु छन् । खेलमा अनुशासन अपरिहार्य छ । खेलले मानिसलाई अनुशासनको दायरामा बस्न सिकाउँछ ।

जानकारहरुका अनुसार फुटबल पनि अनुशासन अभ्यास गर्ने माध्यम हो । यसरी बच्चाहरुलाई मैदान प्रवेश गराउँदा खेलाडी र बच्चा दुवै अनुशासित हुने विश्वास गरिन्छ।

बच्चाहरु भविष्यका कर्णधार हुन् । हरेक बच्चाहरुलाई उचित शिक्षाको व्यवस्था हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ ।

त्यस्तै किसिमका बालबालिकाको अधिकार र अभियानलाई साथ दिन पनि बच्चाहरुलाई खेलाडीले मैदान प्रवेश गराएर उनीहरुको आवाजलाई अझ बुलन्द बनाउन साथ दिएका हुन् ।

खेलाडीहरुलाई बालबालिकाले आफ्नो प्रेरणाको स्रोत मान्दछन् । बच्चाहरुले खेलाडीलाई फलो गर्छन् र उनीहरुले जे ग¥यो त्यही बालबालिकाले सिक्छन् ।

त्यसैले नैतिकताको दायरामा खेलाडीलाई उभ्याउन पनि बच्चाहरुलाई मैदान प्रवेश गराइन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस