केपी ओलीले कम्युनिष्टको नाममा धेरै घात गरे : ज्ञवाली

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहका नेता युवराज ज्ञवालीले केपी ओलीले कम्युनिष्टको नाममा कम्युनिष्टलाई नै खतम पर्ने काम गरेको आरोप लगाएका छन् ।

आज बिहान बुटवलका आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले कम्युनिष्ट पार्टी अहिलेको व्यवस्थालाई खतम पर्ने गरी कमद चालेको बताए ।

नेता ज्ञवालीले केशरजंग रायमाझीसँग तुलना गर्दै केपी ओलीको कदम बढी जनघाती भएको बताए ।

उनले भने, ‘कुनै दिन केशरजंग रायमाझी पनि कम्युनिष्टको नाम यस्तै काम गरेर सिध्याएका थिए । ओलीले पनि सिध्याउँछन् ।’ उनले भने, ‘रायमाझी भन्दा उनी अझ प्रतिगमनकारी र जनताको विश्वासघाती हुन् । रायमाझीले भन्दा अझ बढी क्षति उनले पुर्‍याउन खोजेका छन् ।’

उनले पटकपटक आफूहरुले सच्चाउने प्रयास गर्दा पनि नसच्चिएको कारवाही गर्नु परेको बताए ।

प्रचण्ड–माधव समूहका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका ज्ञवालीले प्रदेश सरकारमा कतै मिलेर ढाल्ने कतै चाहिँ सरकारमा रहेपनि त्यहीँ भित्रबाट संर्घष गर्ने बताए । उनले भने, ‘पहिलो संषर्घ सडक हो अनि प्रदेश सरकार भित्र बसेर पनि आन्दोलन हुन्छ ।’ उनले पत्रकारको जिज्ञासामा ओलीको अहंकारको पराजय हुन जरुरी रहेको भन्दै पार्टी एक नै भएपनि केपी ओलीको नेतृत्वमा अब एकिकृत पार्टी नहुने बताए । उनले पार्टीमा केपी ओली बाहेकका अन्य सबै विस्तारै आफूहरुसगँ आउने दाबी गरे ।

बिहिवार काठमाडौंमा भएको विरोध सभा शुरुवात मात्र भएको भन्दै यो भन्दा अझ ठूला प्रदर्शन गर्ने बताए । मघ १५ गते बुटवलको पुष्पलालपार्कमा हुने विरोध सभाबारे तयारी तीब्र्र रुपमा भएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले बताए । उनले बुटवलको राजमार्ग चौराह गोलपार्क, तिनाउपारीबाट जुलुस आएर पुष्पलालपार्कका विरोधसभा हुने जानकारी दिए । विरोधसभामा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?