दाङमा आफ्नै दाजुभाइद्वारा घरमा सुतेका वेला कुटपिट गरी विभत्स हत्या

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ६ पथ्थरगढवामा घरभित्रै एक व्यक्तिको विभत्स हत्या भएको छ । ४० वर्षीय मोतिलाल चौधरीको माघ ७ गते मध्यराति आफ्नै घरमा विभत्स हत्या भएको हो । चौधरीको शव माघ ८ गते बिहीवार बिहानै घरदेखि ६ सय मिटर टाढा रहेको कुलोमा फेला परेको थियो ।

मोतिरामको हत्या आरोपमा उनका ठूलाबुवा र काकाका छोराहरु ४८ वर्षीय मनिराम र ३८ वर्षीय धनबहादुर चौधरी र गाउँकै ३३ वर्षीय मोतिराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यी तीनै जनालाई बिहीवार मध्यरातमा घरबाटै पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चौधरीको हत्या लाठी र चिर्पटले प्रहार गरी भएको खुलेको छ । पक्राउ परेका तीनै जनाले आफ्नो अपराध प्रहरी सामू स्वीकारिसकेका छन् ।

हत्याको कारण भने पुरानो रिसिबी रहेको उनीहरुले बताएका छन् । केही महिनाअघि मोतिराम र मोतिलालका बीचमा सामान्य झगडा पर्दा उनीहरुले एकअर्काविरुद्ध मुद्दा समेत दायर गरेका थिए ।

त्यस्तै घटना भएकै राति मोतिलालको छोरीको बिहेमा पुगेर माहोल बिगार्न खोजेपछि मोतिरामलाई समारोहबाट लखेटिएको थियो ।
घरमा एक्लै बस्ने अविवाहित मोतीरामलाई पछि सुतेका वेला घरमा पुगेर उनका ठूलाबुवा र काकाका छोरासहित मोतीलाले कुटपिट गरेका थिए । सोही कुटपिटबाट उनको ज्यान गएको प्रहरी बताउँछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?