जाडो महिनामा बदाम खानुको फाइदा यस्ता छन्

जाडोको बेलामा घाम ताप्दै बदाम खानु स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । लोकपथले यहाँ बदाम खानुका फाइदाबारे केही टिप्स शेयर गरेको छ ।

यस्ता छन् बदाम खानुका फाइदाहरु :

नियमित बदामको सेवनले छाला र हाडलाई फाइदा पु-याउँछ ।

स्ट्रोक तथा पेट सम्बन्धी रोगहरु निको पार्छ । फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।

ग्याँस र एसिडिटीको समस्याबाट छुट्कारा मिल्छ ।

भोक नलाग्ने समस्या हटाउँछ ।

गर्भवती महिलाहरुलाई यसले फाइदा पु-याउँछ ।

बदामको प्रयोगले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ जसबाट मुटुको रोगहरुलाई टाढै राख्छ ।

बदाम खानाले हर्मोनहरु सन्तुलनमा रहन्छन् ।

यदि तपाईलाई मधुमेह छ भने तपाईले आफ्नो डाक्टरको सल्लाह लिएर बदाम खान सक्नुहुन्छ ।

महिलाको प्रजनन क्षमतामा वृद्धि गर्छ ।

बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट टाढा रहन मद्दत गर्छ ।

बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँछ ।

बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ ।

अरु पनि छन् फाइदा :

तौल कम गर्छ

के तौल बढेर हैरान हुनुहन्छ ? त्यसो हो भने बदामले तपाइको तौल कम गर्न निकै सघाउ पुर्‍याउँछ ।

मुटु रोगबाट टाढा राख्छ :

बदाम एन्टिअक्सिडेन्ट र मिनरल्सले भरपुर हुन्छ । यसले स्ट्रोक र मुटु सम्बन्धि समस्याको खतरालाई कम गर्छ ।

क्यान्सरको खतरा कम :

बदाममा अत्याधिक मात्रामा फाइटोस्टेरोल पाइन्छ, यसलाई बीटा–सिटोस्टेरोल भनिन्छ । यसले फाइटोस्टेरोल क्यान्सरबाट सुरक्षित राख्न मद्दत गर्छ । अमेरिकामा भएको अनुसन्धानको रिपोर्ट अनुसार जो महिला वा पुरुष हप्तामा कम्तीमा दुई पटक बदामको सेवन गर्छन् त्यस्ता महिलालाई कोलोना क्यान्सर हुने खतरा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कम हुन्छ ।

छालाका लागि पनि निकै फाइदाजनक :

बदाम स्वास्थ्यका साथै छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । बदाममा भएको मोनोस्याचुरेटेड एसिडले छालालाई हाइड्रेट राख्नुका साथै छालामा चमक पनि ल्याउँछ । जाडोमा यसको प्रयोग झनै फलदायी हुन्छ ।

सावधान ! कतिपय अवस्थामा बदाम खान हुँदैन :

यदि तपाईलाई पाचनसँग सम्बन्धित समस्या छ भने तपाईले बदाम खाँदा सचेत हुनुपर्छ । यसको मात्राबारे ध्यान दिनुपर्छ ।

यदि तपाईले कुनै औषधि लिइरहनुभएको छ भने तपाईले बदामको मात्रामा ध्यान दिनुपर्छ ।

बदाममा भिटामिन ई पर्याप्त हुन्छ । एकैपटक धेरै बदाम खानुहुँदैन ।

तपाईले डाक्टरसँग सल्लाह गरी डाईट प्लानमा परिवर्तन गर्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?