अब आणविक हतियारको प्रयोग अनैतिक मात्र होइन गैरकानूनी, कार्यान्वयन भयो प्रतिबन्ध लगाउने सन्धि

काठमाडौं । आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धी संयुक्त राष्ट्रसंघीय सन्धि हिजो(शुक्रवार)देखि औपचारिकरुपमा कार्यान्वयनमा आएको छ ।

यस सन्धिको कार्यान्वयनले अब आणविक हतियारको प्रयोग अनैतिक मात्र होइन गैरकानूनी नै ठहर गरिएको छ ।

यसलाई विश्वमै एक ऐतिहासिक कदमका रुपमा लिइएको छ । सन् २०१७ मा संयुक्त राष्ट्रसंघद्वारा अनुमोदित यस सन्धिमा १२० मुलुकले समर्थन जनाएका थिए । जसमा नेपाल पनि पर्दछ । सन् २०१७ मा तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आणविक हतियारलाई प्रतिबन्ध लगाउने सन्धिमा समर्थन गर्दै हस्ताक्षर गरेका थिए ।

दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा आणविक बम प्रहार गरेपछि फेरि यस्ता घटना नदोहोरियोस् भनेर आणविक हतियारमा प्रतिबन्ध लगाउने बारेमा आवाज उठेको हो ।

हतियार प्रतिबन्धका विषयमा विश्वका आणविक हतियार भएका राष्ट्रहरुले असन्तुष्टि जनाइरहेका वेला सन्धि कार्यान्वयन भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?