नागरिक समाजले बालुवाटारमै विरोध प्रदर्शन गर्ने, कमलपोखरीबाट शुरु हुनेछ मार्चपास

काठमाडौं । संसद विघटनविरुद्ध नागरिक समाजले यही माघ १२ गते सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्ने भएको छ ।

संसद विघटन र अन्य प्रतिगमनको विरुद्ध कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक पेशाकर्मी एवम् नागरिक अभियान्ताहरुले प्रदर्शन गर्न लागेका हुन् ।
दिउँसो २ बजे कमलपोखरी जम्मा भई मार्चपास गर्दै नागरिक समाज बालुवाटारसम्म पुग्ने कार्यक्रम रहेको छ ।

कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर नागरिक समाजको टोली बालुवाटारसम्म मार्चपास गर्दै जाने छ । प्रदर्शनमा कलात्मक प्रस्तुतिहरु पनि दिइने बताइएको छ ।

संसद विघटनको विरोधमा नागरिक समाजले निकै अघिदेखि बालुवाटारमै प्रदर्शन गर्ने घोषणा गरेअनुसार प्रदर्शन कार्यक्रम सोमवारका लागि तय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?