आगलागीका कारण सिरम इन्स्टिच्युटलाई हजार करोडको क्षति

एजेन्सी । सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)मा बिहीवार भएको आगलागीका कारण करिब हजार करोड भारतीय रुपैयाँभन्दा बढीको क्षति भएको छ । आगलागीबाट हजार करोडभन्दा बढीको क्षति भएको कम्पनीका प्रमुख कार्यकारी अधिृकत९सीईओ० अदार पुनावालालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो त्यही कम्पनी हो जसले बनाएको कोभिसिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई उपलब्ध गराएको छ । सो आगलागीमा परी कम्पनीमा कार्यरत ५ कर्मचारीको मृत्यु समेत भएको थियो । आगलागीले कोरोनाविरुद्ध खोप निर्माण र आपूर्तिमा भने कुनै असर नपार्ने भन्दै पुनावालाले आश्वस्त पारेका छन् ।

कम्पनीले आगलागीमा परी मृत्यु भएका ५ जनाको परिवारलाई २५ लाख रुपैयाँ सहयोगस्वरुप उपलब्ध गराउने घोषणा समेत गरेको समाचारहरुमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?