विस्फोटको आवाजले बीपी राजमार्ग अवरूद्ध

काभ्रे । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारमा गएराती विष्फोट भएको छ । विष्फोटको ठूलो आवाज आए पनि के पड्किएको हो भन्ने ठम्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले बन्दको घोषणा गरेपछि बम विस्फोट भएको आशंका गरिएकाले बीपी राजमार्गमा सवारी साधन रोकेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । अज्ञात वस्तु विष्फोटका कारण अहिले बीपी राजमार्ग अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोककै बनेपास्थित बुडोलमा राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाले डिस्पोज गरेको छ । बम डिस्पोज गरेसँगै बिहान ३ बजेदेखि अवरूद्ध अरनिको राजमार्ग भने अहिले सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?