१२ जेष्ठ २०७९, बिहीवार

माओवादी केन्द्रः प्रदेशसभाका उम्मेदवार टुंगो

२०७४,आश्विन,१७,मंगलवार ०८:२५

0
Shares

गुलरिया, बर्दिया, १७ असोज ।नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं ५ मा पर्ने पश्चिम बर्दियामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार टुंगो लगाएको छ ।सोमबार सम्पन्न बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदारमा विष्णु चौधरी, तिलक शर्मा, सन्तकुमार चौधरी र सुरेश पन्तलाई सिफारिस गरिएको इञ्चार्ज शर्माले जानकारी दिए ।बैठकले प्रदेशसभामा क्षेत्र नं ४ बाट दीपेश थारुलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ । प्रदेशसभाका लागि क्षेत्र नं १ मा भने भुवन चौधरी र प्रमोद चौधरीको नाम सिफारिस गरिएको छ ।यस्तै प्रदेशसभाका लागि क्षेत्र नं २ मा पतिराम थारु र कोलराज पुरीको नाम सिफारिस गरिएको छ । प्रदेशसभाका लागि क्षेत्र नं ३ मा लक्ष्मीप्रसाद शर्मा, चित्रप्रसाद खनाल र चक्र चौधरीको नाम सिफारिस गरिएको छ ।जिल्ला समितिले सिफारिस गरेका नामबाट उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रीय समितिले लगाउने बताइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार ०८:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत

पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले

काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ

लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा

ताजा समाचार