काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज शनिवार दुई खेलहरु हुँदैछन् । समूह ए अन्तर्गत विभागीय टोली एपीएफ र कर्णाली प्रदेश तथा समूह बी अन्तर्गत लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीचको खेल हुन लागेको हो ।
एपीएफ र कर्णालीबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । कर्णालीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ । समूह ए बाट अर्को विभागीय टोली त्रिभुवन आर्मीले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ भने प्रदेश १ र गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
यस्तै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच मुलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ । लुम्बिनी दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ भने सुदूरपश्चिमले अहिलेसम्म कुनै खेल जितेको छैन । लुम्बिनीसँग पराजित भएमा सुदूरपश्चिम समूहको अन्तिम खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया