विपन्न बालबालिकालाई ज्याकेट वितरण

RSS
0
Shares

कर्णाली । बिलिभर्स ईस्टर्न चर्च समुदाय वीरेन्द्रनगर सुर्खेतले यहाँका ७८ बालबालिकालाई शुक्रबार न्यानो ज्याकेट वितरण गरेको छ । समुदायअन्तर्गतको ‘होप फर चिल्डे«न’ ले वीरेन्द्रनगर नगरपालिकाभित्रका बालबालिकालाई न्यानो लुगा वितरण गरेको हो । चिसोको समयमा विशेष गरी विपन्न बालबालिका बढी प्रभावित हुने कुरालाई ध्यानमा राखेर उनीहरुलाई न्यानो ज्याकेट र गलबन्दी वितरण गरिएको बिलिभर्स चर्च सुर्खेतका ‘चर्च फादर’ पूर्ण वर्देवाले जानकारी दिए ।

“हामीले ती बालबालिकालाई आठ वर्षदेखि पठनपाठनमा समेत सहयोग गर्दै आएका छौँ”, वर्देवाले भने, “कोरोना महामारीका कारण पठनपाठन सहयोगमा केही अवरोध खडा भए पनि चिसोबाट बच्न मद्दत पुगोस् भनेर कपडा उपलब्ध गराएका छौँ ।”

यता वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतस्थित सिर्जनशील टोल विकास समितिका अध्यक्ष नन्दा श्रेष्ठले चर्चले समाजमा गाह्रोसाह्रो परेका मान्छेलाई सहयोग गर्दै आएको र विपन्न बालबालिकालाई चिसोबाट बच्न न्यानो लुगा वितरण गरेकोप्रति धन्यवाद व्यक्त गरे । यसअघि गत पुस २१ गते उक्त समुदायले सुर्खेत चिङ्गाड गाउँपालिका–६ पाम्कास्थित पुँडे भन्ने ठाउँमा पुगेर ४५ घरका राउटे परिवारलाई कम्बल वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?