२०७७, ९ माघ शुक्रवार २१:१३

चीनमा आगलागीबाट मृत्यु हुनेको सङ्ख्यामा १३.६ प्रतिशतले कमी


प्रकाशित मिति : २०७७, ९ माघ शुक्रवार २१:१३

प्रतिकात्मक तस्वीर

काठमाडौँ– सन् २०२० मा आगलागीबाट चीनमा एक हजार १८३ जनाको मृत्यु भएको छ ।

यो अघिल्लो वर्षको तुलनामा १३.६ प्रतिशतले कमी सरकारी अधिकारीले शुक्रबार बताएका छन् । विपत् व्यवस्थापन मन्त्रालयले एक विज्ञप्तिमार्फत दिएको जानकारीमा गत वर्ष चीनमा दुई लाख ५२ हजार आगलागीसम्बन्धी दुर्घटनामा भएका थिए भने यो अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले कमी हो ।

आगलागीका कारण चीनमा गत वर्ष प्रत्यक्ष रूपमा ६२ करोड ५९ लाख अमेरिकी डलर बराबरको क्षति भएको र यो सन् २०१९ को तुलनामा ०.५ प्रतिशतले कमी हो । यसैबीच चीनमा हुने गरेका झण्डै ५० प्रतिशत आगलागीका घटना ग्रामिण क्षेत्रमा हुने गरेको पनि अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस