कोरोना अपडेट: चार जिल्लामा शून्य संक्रमित, काठमाडौँमा कति छन् संक्रमित ?

RSS
0
Shares

काठमाडौँ– देशभर आज बिहीवारभन्दा १७८ सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा ३०२ सङ्क्रमित हुँदा ४८० सङ्क्रमण मुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ ।

आज थपिएका सङ्क्रमितमध्ये पुरुष ५९ र महिला ५३ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमणमुक्त भएका ४८० समेत गरी आजसम्म दुई लाख ६३ हजार ३४८ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको छ । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव दुई प्रतिशत छ ।

योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ । काठमाडौँ उपत्यकामा आज ११२ सङ्क्रमित थप भएका छन् । ती मध्ये ५९ पुरुष र ५३ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा दुई हजार ६१, ललितपुर १७५ र भक्तपुरका ३७ सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी तीन हजार ५४५ नमूना परीक्षण भएको थियो । हालसम्म २० लाख ३५ हजार ३०१ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ६९ हजार ७४८ परीक्षण भएको बताइएको छ ।

हालसम्म पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव दुई प्रतिशत छ । सक्रिय सङ्क्रमितमध्ये हाल ८७९ होम आइसोलेसनमा छन् ।

प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा १०, प्रदेश २ मा एक, वाग्मती प्रदेश ६१२, गण्डकी प्रदेश २४, लुम्बिनी प्रदेश १६६, कणार्ली प्रदेश तीन र सुदुरपश्चिम प्रदेशमा ६३ रहेको छ । देशभरमा गरी आज १५४ सङ्क्रमित आईसीयूमा रहेका छन् । प्रदेश १ मा दुई, वाग्मती प्रदेशमा ५३, गण्डकी प्रदेशमा ६९ र लुम्बिनी प्रदेशमा २७, कर्णाली प्रदेशमा एक र सुदुरपश्चिम प्रदेशमा दुई सङ्क्रमित आईसीयूमा रहेका छन् ।

त्यस्तै, वाग्मती प्रदेशमा १९, गण्डकी प्रदेश सात र र लुम्बिनी प्रदेशमा पाँच गरी जम्मा ३१ सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् । चार जिल्लामा शून्य देशभरका ७७ जिल्लामध्ये काठमाडौँ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने चार जिल्लामा शून्य रहेको छ ।

हाल सक्रिय सङ्क्रमित नभएका जिल्लामा भोजपुर, कालिकोट, रुकुम (पश्चिम) र मुगु रहेका छन् । पछिल्लो २४ घण्टामा कोभिडका कारण थप सातको मृत्यु भएसँगै देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ९८६ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव सात प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ६७९ दशमलव पाँच छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?