टोखामा टिपर आतंक, एक जनाको मृत्यु

RSS
0
Shares

काठमाडौँ- काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

टोखा नगरपालिका–३ टोखागेट नजिक सडकमा वाग्मती ०२–०२ प २०४२ नम्बरको मोटरसाइकल र बा ४ ख ३१०७ नम्बरको टिपर एक आपसमा ठोकिँदा टोखा –९ गोँगबुका १७ वर्षीय सञ्जित महर्जनको बिहीवार राति मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हुँदा टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?