ट्रम्प-मेलानियाबीच डिभोर्सको चर्चा, ह्वाइट हाउसमा छुट्टा-छुट्टै बेडरुममा सुत्थे

काठमाडौं । अमेरिकाको सत्ता परिवर्तन भइसकेको छ ।

जो बाइडेन अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति बनिसकेका छन् ।

त्यस्तै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्प ह्वाइट हाउस छोडेर फ्लोरिडा निजी निवासमा सिफ्ट भएका छन् । यसैबीच ट्रम्प र मेलानियाको सम्बन्धमा दरार आउन सक्ने बताइएको छ ।

सीएनएनको रिपोर्टका अनुसार ट्रम्प र मेलानियाकोबीचमा सम्बन्ध बिच्छेद हुने कुराको चर्चा रहेको छ । उनीहरुको सम्बन्ध राम्रो नभएको रिपोर्टमा बताइएको छ ।उनीहरु ह्वाइट हाउसमा हुँदा पनि छुट्टा-छुट्टै रुमबेडमा सुत्थे ।

उनीहरु चार वर्षको समयमा फरक-फरक रुममा सुत्ने गरेको रिपोर्टमा बताइएको छ । ट्रम्प भन्दा मेलानिया २४ वर्ष कान्छी छन् । उनीहरुको लभ स्टोरी १९९८ मा शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?