महिला लिग फुटबल : भोलि हुने दुई खेल स्थगित

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत भोलि (शनिवार) तय भएको दुई खेल स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ को नेपाल बन्दको कारण शनिवार तय भएको दुई खेल स्थगित गरिएको जनाएको छ ।

एन्फाले स्थगित खेल आइतवार हुने जनाएको छ ।

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा भोलि नेपाल बन्दको आह्वान गरेको छ ।

शनिवार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्ने तालिका रहेको थियो ।

यस्तै दोस्रो खेलमा एपीएफ र विराटनगर नगरपालिकाबीचको खेल तय भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?