नागरिक स्टक डिलर कम्पनीले पायो कारोबारको अनुमति

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले कारोबार अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरलाई कारोबार अनुमति प्रदान गरेको छ ।

बोर्डले शुक्रवार एक विज्ञप्ती जारी गर्दै नागरिक स्टक डिलरलाई कारोबार अनुमति दिएको जनकारी दिएको हो ।

नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै सो कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानी सम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै संचालन गर्न अनुमति दिएको जनाएको छ ।

सरकार बजेटमा पूँजीबजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख छ ।

पूँजीबजारमा संस्थागत लगानीकर्ता बढाउन, संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सक्ने तथा पूँजीबजारको विकासमा गतिशिलता नागरिक स्टक डिलर कम्पनी स्थापना बोर्डले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?