चौदण्डीगढीको पोस्टमा पुलिसले वर्षायो आधा दर्जन गोल !

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो ।

पुलिसको जितमा रेखा पौडेल र सिर्जना खड्काले समान २-२ गोल गरिन् । यस्तै अमृता जैशी र निर्मला बिकले एक एक गोल गरिन् ।

खेलको २८ औं मिनेटमा रेखाको गोलबाट पुलिसले अग्रता बनाएको थियो । खेलको ४० औं मिनेटमा अमृताले गोल गर्दा पुलिसले अग्रता दोब्बर बनायो ।

खेलको ४५ औं मिनेटमा पुलिसकी सिर्जनाले तेस्रो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा निर्मलाले गोल गरेपछि पहिलो हाफमा पुलिस ४-० को अग्रता बनायो ।

खेलको ८९ औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ५-० ले अघि रह्यो । त्यसपछि खेलको अन्तिम मिनेटमा सिर्जनाले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ६-० को जित दिलाईन् ।

जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?