भायानेटले ल्यायो ईएमआई अफर, यस्ता छन् फाइदाहरु

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि ईएमआई अफर ल्याएको छ ।

ईएमआई अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एक मुष्ट रकम नतिरी मासिक किस्ताबन्दीमा सरल रुपले शुल्क तिर्न सकिने प्रावधान रहेको कम्पनीले जनाएको छ ।

यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक ईएमआई मात्र १९५६ तिर्न पाउनेछन् । भने १२ महिनाको अवधिको ३० MBPS इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाइ डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक) सहित प्रदान गरिने कम्पनीले जनाएको छ ।

EMI अफर लिने ग्राहकलाई थप १००० रिवार्ड प्वाईट पनि उपलब्ध गराइनेछ । यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध रहेको कम्पनीले जनाएकोे छ ।

कम्पनीका कम्पनीका अनुसार यो अफर हाल एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमित छ । तर छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने बताइएको छ ।

यसरी EMI मा पैसा तिर्दा ग्राहकहरुल १ वर्षको इन्टरनेट सहित जडान खर्च र डिभाइसहरुको मूल्य सजिलै मासिकरुपमा बिस्तारै तिर्ने सुविधा प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?