पब्जीले ल्यायो नयाँ अपडेट, रेपुटेशन सिस्टम लागू

लोकपथ
0
Shares

काठमाडौं । लोकप्रिय मोबाइल गेम पब्जीले आफ्नो नयाँ अपडेटमा रेपुटेशन सिस्टम थप गरेको छ ।

पब्जीले एक ब्लगमार्फत नयाँ अपडेटको जानकारी दिएको हो । ब्लगमा उसले भनेको छ, ‘गेममा स्वस्थकर अन्तर्क्रियालाई कायम राख्नु हाम्रो उद्देश्य हो ।

ब्याटलग्राउण्डमा खेलाडीहरुमा हानिकारक व्यवहार उचित हुँदैन । यसैले गेममा एकअर्कालाई मार्दा सबै कुरा मर्यादित र सभ्य होस् भन्ने चाहेर हामीले नयाँ रेपुटेशन सिस्टम ल्याएका छौं ।’

पब्जीमा ल्याइएको यो नयाँ रेपुटेशन सिस्टमले गेमरहरुलाई शुन्यदेखि पाँचको रेन्जसम्म रेपुटेशन लेभल प्रदान गर्दछ । जबसम्म खेलाडीले हानिकारक स्वभाव प्रदर्शन गर्दैनन्, तबसम्म यो रेपुटेशन स्वभाविक रुपमा बढ्नेछ ।

अश्लील शब्द प्रयोग गर्ने तथा म्याचलाई छोडिदिने जस्ता गतिविधिले रेपुटेशनलाई तल झार्ने पब्जी कर्पोरेसनको ब्लगमा उल्लेख छ । साथै पब्जीको शर्तलाई उल्लंघन गर्दा पनि रेपुटेशनको स्तर तल झर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?